देशभर थप १६२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँग देशभर हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ। कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन्।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा देशभर थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि