डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धमृराज भट्ट, काठमाडौं। डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। दुई जना घाईते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर परिसर भित्र रहेको सामुदायिक वनमा माटो खन्ने क्रममा सोही नगरपालिकाको वडा नं ७ ऐरी गाउँकि ४५ वर्षीय नारु देवी ऐरीको मृत्यु भएको हो। घर पोत्नका लागि माटो खन्ने क्रमममा माटो खन्दा खन्दा बनेको शुरुङ भित्र बुधबार दिउसो चार जना महिला पुरिएका थिए।

चार जना मध्ये तिन जनको उद्दार गरिएको प्रहरी चौकी पोखरा ईञ्चार्ज शेरबहादुर बुढाऐरले बताए। माटोको ढिस्कोले पुरीएर शारदा ऐरी र कल्पना विक घाईते भएकी छन्। घाईतेको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ।