नेप्से ४३.३६ अंकले बढ्यो

काठमाडौं।  नेप्से परिसूचक आज ४३.३६ अंकले उकालो लागेको छ। उक्त अंकले उकालो लागेको नेप्से परिसूचक २६१९.०२ विन्दुमा पुगेको छ। आज २५८५.६७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आइपुग्दाँ १.६८ प्रतिशतले बढेको हो।

कारोबारको अन्तिम समयसम्म आउँदा सेन्सेटिभ सूचक पनि ७.४८ अंकले बढेर ४६३ विन्दुमा पुगेको छ। आज सिस्टममा गढबढीको भए पनि अन्तिम समयसम्म आइपुग्दाँ कारोबार रकम ६ अर्ब माथि पुगेको छ। आज केही समय टिएमएसमा समस्या आएर लगानीकर्ताले राम्रोसँग कारोबार गर्न पाएका थिएन्। यस दिन २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा खरिद बिक्री भएको छ।

अन्य सम्बन्धित समाचार:  सुनकाे मूल्य बढ्यो, तोलाको कति?

यस दिन व्यापार उपसमूहबाहेका कारोबारमा आएका १२ वटा उपसमूहको सूचक हरियोमा कायमा रहेका छन्। आज पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो।

आज कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ। १९ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।