कोरोना संक्रमण फेरि बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सबै खाले भेला, सभा, जुलुस तथा जमघटहरु रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार यस्तो निर्देशन दिएका हुन्। यस्तै संघ र प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई उपचारको व्यवस्था सहित तयारी अवस्थामा बस्न पनि निर्देशन दिइएको छ।

मन्त्रालयले पीसीआर परीक्षण गराउने सरकारी र निजी ८४ प्रयोगशालालाई समेत तयारी अवस्थामा बस्न र सरकारी प्रयोगशालाहरुमा परीक्षण गराउन जनशक्ति अभाव भए थप गर्न समेत निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड