प्रधानन्यायाधीशको इजलासमा प्रचण्डको पुनरावलोकन सम्बन्धी मुद्दा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरूद्ध दिएको पुनरावलोकन मुद्दामा आज सुनुवाइ हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्याइदिने अदालतको फैसलाविरुद्ध मंगलबार प्रचण्डले पुनरावलोकन निवेदन दिएका थिए।

उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसमेत सलग्न रहेको पूर्ण इजलासमा राखेर सुनुवाइ गर्न लागेका छन्। सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरवलोकन मुद्दामा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दै छ। इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ।

अन्य सम्बन्धित समाचार:  महिला मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण