पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने जनाइएको छ।

त्यसैगरी बैठकमा नयाँ सरकार गठन सम्बन्धमा दलहरुबीच भइरहेको संवादको प्रयास र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक