केपी ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी गठन गर्ने माधव नेपालको घोषणा

काठमाडौं। नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्। आज पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन्।

नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन्। कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने बताए। उनले अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्ने जानकारी दिँदै जिल्लामा सबै संगठित हुन कार्यकर्तालाई आग्रह गरे। ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस्। हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं,’ नेता नेपालले भने।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि

यसैबीच नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। धनराज आचार्यको नेतृत्वमा गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।