माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ। आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अझै केही दिन सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको जनाइएको छ।

सरकारलाई दिएको समर्थनबारे एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय लिने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। ‘यो सरकारलाई हाम्रो समर्थन छैन्। प्राविधिक रुपमा यो सरकारलाई पत्र लेख्न मात्रै बाँकी रहेको छ। सबै राजनीतिक पार्टीहरुलाई हामीले प्रष्टसँग कुरा राख्न भनिरहेका छौं’, उनले भने।

अन्य सम्बन्धित समाचार:  हालसम्म ७३ जिल्लामा निषेधाज्ञा