ट्याक्टरबाट खसेर एकको मृत्यु

चितवन। चितवनको राप्ती नगरपालिका ८ मा आज बिहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। गोरखा घर भएका २७ वर्षीय बुद्ध गुरुङको मृत्यु भएको जनाइएको छ। आज बिहान साढे ७ बजे ना ६ त ९४३१ नम्बरको ट्याक्टरमा सवार गुरुङ ट्याक्टरको ढाला खुस्कीएर ट्याक्टरबाट खसेका हुन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने