४६ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

काठमाडौं। हुम्लामा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका ३ का २७ वर्षीय पदम शाहीलाई हिजो (बुधवार) बिहान प्रहरीले पक्राउ गरेको हो।

शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा पसलहरु बिहान कति बजेसम्म खोल्न पाइने?