सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि एमाले सदस्यबाट निलम्बन

काठमाडौं। प्रधानमन्त्री एमव् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्। यसअघि उनीहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन्।

प्रधानमन्त्री ओलीले यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री