प्रचण्डको माग अस्वीकार, नेकपा ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

विघटन मुद्दा

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश गरेको छ।

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए। उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो।

तर अदालतले भने फागुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो। तत्कालीन नेकपालाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेको थियो।

अन्य सम्बन्धित समाचार:  मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर डोटीमा