बागलुङ होली घटनाः पक्राउ परेका ८ जनालाई जिप्रका ल्याइँदै

बागलुङ। बागलुङमा होली खेल्ने क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न ८ जना पक्राउ परेका छन्। पक्राउ परेका ८ जनालाई बिहीबार सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको र शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले बताए।

उनका अनुसार प्रहरीले घटनाको भिडियो तथा फोटो हेर्दै र त्यहाँ संलग्नसँग सोधपुछपछि उनीहरुलाई पक्राउ गरेको हो।आइतबार होली खेल्ने क्रममा निसिखोला गाउँपालिका ७ राजपुत र बडिगाड गाउँपालिका १० दोर्लिङका समूहबीच भएको झडपमा दुई जनाको मृत्यु भएको थियो। ज्यान जाने राजपुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक नेपाली रहेका छन्। कुँवर कांग्रेसका जिल्ला सदस्य र नेपाली सक्रिय सदस्य हुन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन