सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छः नेता भुसाल

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा–एमालेबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही सुनाएपछि एमाले उपमहासचिव घनश्याम भुसालले त्यसबारे प्रतिक्रिया दिएका छन्।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ, ‘म बस्न नपाउने कुर्ची भाँचीदिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’

प्रधानमन्त्री ओलीले आज एक पत्र पठाई भुसाल र पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एमाले सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  माओवादीको स्थायी कमिटी बैठक सुरु