ओली शासनमा नैतिकवानमाथि कारबाही हुन्छ, मुर्ख र भ्रष्ट पुरस्कृत हुन्छन्ः नेता भट्टराई

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाहीलाई भद्धा मजाकको संज्ञा दिएका छन्। आज प्रधानमन्त्री ओलीले नेता द्वयलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै नेता भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवानमाथि कारबाही हुने गरेको टिप्पणी गरेका छन्।

नेता भट्टराईले मुर्ख भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने गरेको ट्वीट मार्फत जानकारी दिएका छन्। उनले ट्वीटमा लेखेका छन्, ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि माक्र्सवादको उर्वर भूमी नेपालमा आजकाल स् विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ। मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन। कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथी वैशाख २७ मा मतदान