देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७७ हजार ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ६५ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार ५७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएको छ भने हालसम्म देशभर ३ हजार ३१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु