अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं। अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई माछापोखरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

भुजेलले सर्टटर्म भिसामा २÷२ वर्ष कामको लागि १०५ दिनभित्र अष्ट्रेलिया पठाइदिन्छु भनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २१ वर्षीय एरिक न्यौपाने र २५ वर्षीय निर्देश खड्काबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको जाहेरी पीडितले दिएको प्रहरीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  गोरखामा बुधवार रातिदेखि जिल्लाभर निषेधाज्ञा