रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्री ओलीसँग वार्ता

काठमाडौं। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ माग गर्दै संयोजक सुरेन्द्र चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो।

उक्त छलफलमा अभियानका संयोजक सुरेन्द्र चौधरीले रेशमको रिहाइसम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री आलीले लो प्रोफाइलमै बसेर टीकापुर राजबन्दी रिहाइ अभियानलाई निरन्तरता दिएकोमा टोलीलाई धन्यवाद दिएका थिए। उनले टीकापुर घटना अदालती प्रक्रियामा गइसकेको र न्यायालयले गरेका निर्णयहरुमा सरकारले आफ्नो मर्यदा ख्याल गर्नुपर्ने भएकाले खुलेर केही बोल्न नसकेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा यसअघि बेपत्ता भएका सांसद पनि तटस्थ, विपक्षी गठबन्धनको बहुमत पुगेन