काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैः के छन् छलफलका एजेण्डा?

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको जनाइएको छ। बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा रहेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने बताए। बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा पनि छलफल भने हुने खड्काको भनाइ छ। संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो।

अन्य सम्बन्धित समाचार:  सदूरपश्चिममा अक्सिजनको हाहाकार