सुनको मुल्य तोलामा ९ सयले बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य तोलामा ९ रुपैंयाले उकालो लागेको छ। हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैंया रहेको छ। त्यसैगरी चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गोदावरीमा निर्मित सम्मेलन केन्द्रको आज उदघाटन