कीर्तिपुरमा पौडि खेल्ने क्रममा दुई जना बालकको मृत्यु

काठमाडौं। कीर्तिपुरमा पौडिखेल्न गएका दुई जना बालकको डुवेर मृत्यु भएको छ। बिहिवार दिउँसो कीर्तिपुर नगरपालिका–६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको जनाइएको छ।

मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका १ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका–३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका छन्।

खाल्डोमा ५ जना बालकहरु पौडी खेल्ने क्रममा दुई जना हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुर र बिपद ब्यबस्थापनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खाल्डोमा उनीहरुको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन