नेपाल पक्षको स्थायी समिति बैठक सुरु

काठमाडौं। एमालेको माधव नेपाल पक्षको स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ। उक्त बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको छ। बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन्।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले जनाएका छन्। आजको बैठकले नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ। बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता