यति एयरलाइन्स र ग्यापुबीच सहकार्य, ५०० रुपैयाँ बराबरको यात्रुलाई छुट मिल्ने

काठमाडौं। यति एअरलाइन्स र इ–कमर्स ग्यापुबीच सहकार्य भएको छ। यति एयरलाइन्सले आफ्नो जहाज मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने जनाएको छ।

कम्पनीले ग्यापुसँगको सहकार्यमा जुनसुकै मूल्यको टिकट खरिद गरी यति एअरलाइन्समार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्ने जनाइएको छ।

कम्पनीका अनुसार एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत् सामान खरिद गर्दा २०० रुपैयाँको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा ३०० रुपैयाँ को ट्राभल भौचर गरी जम्मा ५०० मूल्य बराबरको सहुलियत दिने भएको हो।

अन्य सम्बन्धित समाचार:  सुनचाँदीको मूल्य घट्यो