मन्त्रिपरिषदको बैठक सकियो: बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त

काठमाडौं। मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। उक्त बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत फागुन २० गते विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुकलाई आवेदन दिन माग गरेको थियो।

जसमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईंले निवेदन दिएका थिए। यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा तीन मन्त्री नियुक्त