नायिका दिया दोस्रो विवाह गरेको डेढ महिनापछि आमा बन्दै

काठमाडौं। बलिउड नायिका दिया मिर्जा आमा बन्न लागेकी छिन्। उनको व्यापारी वैभव रेखीसँग फेब्रुअरीमा दोस्रो विवाह भएको थियो। आफ्नो बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको बताएकी हुन्।

उनले सन् २०१४ मा साहिलसँग पहिलो विवाह गरेकी थिइन्। उनीहरू विवाह गरेको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए। सन् २००० मा मिस इण्डिड एसिया प्यासिफिकका अवार्ड समेत जितेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  भारतको व्यापारघाटा १५ अर्ब डलर नाघ्यो