मन्त्री थापाद्वारा गृह मन्त्रालय सर्न लागेको भवनको निरीक्षण

काठमाडौं। गृह मन्त्रालयलाई आगामी वैशाख १ गते प्रधानमन्त्री कार्यालयमा सारिने भएको छ। सारिनु अगाडि आज गृहमन्त्री रामबहादुर थापाले कार्यालयको निरीक्षण गरेका हुन्।

२०७२ बैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो।

अन्य सम्बन्धित समाचार:  ओलीले लिए प्रधानमन्त्रीको सपथ