अनमोललाई एउटै फिल्मबाट ७५ लाखको प्रस्ताव

काठमाडौं। अभिनेता अनमोल केसीले आफूलाई ७५ लाख रुपैयाँ पारिश्रमिकको प्रस्ताव एउटा फिल्मबाट आएको बताए। यो अहिलेसम्मकै नेपाली चलचित्रमा महँगो पारिश्रमिक हो। तर, त्यो फिल्म खेल्ने कि नखेल्ने भन्नेबारे अझै आफुले निर्णय लिन नसकेको उनले बताएका छन्। तर, खेल्ने सम्भावना रहेको उनको भनाइ छ।

नेपाली चलचित्र अझै हलमा रिलिज हुन नसकेको र हल राम्ररी नचलेको अहिलेको अवस्थामा महँगो बजेटमा निर्माण हुन लागेको नयाँ चलचित्रमा अभिनेता अनमोललाई प्रस्ताव गरिएको हो। आफ्नो नयाँ फिल्ममा अभिनयको लागि निर्देशक मुकुन्द भट्टले अनमोललाई प्रस्ताव गरेका हुन। उनलाई प्रस्ताव गरिएको भूमिकालाई केही प्रभावशाली बनाएको खण्डमा अनमोलले अभिनय गर्न सक्ने उनको पिता भुवन केसीले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!