ओलीविरुद्धको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा

विघटन मुद्दा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा परेको मुद्दा सुनुवाई हुन नसकेको हो। गत पुुुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि परेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको बेला प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता कन्चनकृष्ण न्यौपानेलगायतले अदालतको अवहेलनाका् मुद्दा दायर गरेका थिए।

उक्त रिटमा प्रधानमन्त्री ओली आफैँ उपस्थित भएर अदालतको आदेश अनुसार जवाफ पेश गरिसकेका छन्। संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधान्यायाधीशहरू मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता भएको थियो। पूर्वप्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ती निकालेर अदालतको भूमिकामाथि प्रश्न उठाएका थिए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेश— मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि