राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको सुरुवात गरिन्

काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेक्री हुन्। साथै त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन्।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ। हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले बताए। मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुने उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  हालसम्म ७३ जिल्लामा निषेधाज्ञा