नेपाल पक्षले भन्यो: नेताहरुमाथिको कारबाही स्वेच्छाचारी चरित्रको द्योतक

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले थप दुई नेतामाथि भएको कारबाहीको भत्र्सना गरेको छ। आज दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि भएको कारबाहीको विरोध गरेको छ।

‘यो केपी शर्मा ओलीजीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो भनेका छौं र यसको निन्दा गरेको छौं’ नेता भीम रावलले भने। नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको रावलले जानकारी दिए। बैटकबाट बाहिरिएका नेता रावलले अघि भने, ‘नेकपा एमालेको रक्षाका लागि हामीले जुन पाइला चालेका छौं, त्यसलाई अझ गतिशीलताका साथ अगाडि बढाउँछौं।’

अन्य सम्बन्धित समाचार:  माधव नेपाल र भीम रावल देउवा निवासमा, के वैकल्पिक सरकार बन्ला?