१२ वर्षीया बालिकामाथि दुई दिनसम्म बलात्कार, एक जना पक्राउ

मोरङ। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवक पक्राउ परेका छन्। तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्दै आएका गोविन्द हिङमाङलाई इलाका प्रहरी उर्लाबारीले पक्राउ गरेको हो।

हिङमाङमाथि फेसबुकबाट चिनजान भएकी ती बालिकालाई फकाइ–फुल्याइ गरेर होलीका दिन उर्लाबारी ल्याएर दुई दिनसम्म बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जनाएका छन्।

हिङमाङले उर्लाबारी–७ की खरीमाया श्रेष्ठको घरमा बालिकालाई राखेर दुई दिनसम्म जबरजस्ती करणी गरेको भनी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएको उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  आफ्नै विद्यार्थीलाई पटक—पटक बलात्कार गर्ने शिक्षक पक्राउ