प्रधानमन्त्री ओलीको घोषणा : २०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौंमा

काठमाडौं। प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताए। प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने जनाएका छन्।

अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान्।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको निर्देशन– नागरिकको जीवनरक्षा गर्न के–के गर्नुपर्छ त्यो गर्नू