देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै देशभर हालसम्म २ लाख ७७ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर १११ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसै गरी आज कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि