जाजरकोटमा झडप हुँदा १ जनाको मृत्यु, ६ पक्राउ

काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरको बीचमा झडप भएको छ। झडपमा एकजनाको मृत्यु भएको छ। बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको जनाइएको छ।

यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो। भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन्। नरेशको शव बारेकोटको देउला खोलामा भेटिएको छ। हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव