दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु

दाङ। दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

मृतकको सनाखत हुन सकेको छैन्। सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए। घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कैदीबन्दीसँग भेट्न रोक