प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने नेपाल पक्षको तयारी

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी रुपमा संगठन विस्तार गरेपछि नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ। एमालेको अर्को खेमा माधव कुमार नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयलाई लत्याउँदै प्रधानमन्त्री ओलीले एकलौटी रुपमा पार्टीका कामकारबाही अगाडि बढाएको भन्दै नेपाल पक्षले अदालतमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको हो। प्रधानमन्त्री ओलीले अदालतले गरेको निर्णय कार्यान्वयन नगरेकोले अवहेलना मुद्दा दर्ता गर्न लागिएको स्रातले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सरकारले दियो चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी