प्रधानमन्त्री ओलीद्वारा १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारबाट आज मध्यान्ह स्वीच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन्। संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास सरकारले गरेको हो। निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको निर्देशन– नागरिकको जीवनरक्षा गर्न के–के गर्नुपर्छ त्यो गर्नू