राजीनामा माग्नेहरुलाई प्रधानमन्त्री ओलीको जवाफ– पहिले समर्थन त फिर्ता लेउ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन्। बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै यस्तो चुनौति दिएका हुन्।

ओलीले भने, ‘काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन्। अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन्। राजीनामा त माग्यामाग्यै छन् त। मागेपिच्छे कसरी राजीनामा दिन सक्छु? माग्या छ माग्या छ। ए बाबा हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु , लिँदैनन्। राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।

अन्य सम्बन्धित समाचार:  महिला मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण