भारतमा एकैदिन १ लाखको हाराहारीमा कोरोना संक्रमित थपिए

काठमाडौं। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ। भारतमा एकै दिन संक्रमित हुनेको संख्या झन्डै एक लाखको हाराहारीमा पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै भारतमा हालसम्म कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७१४ जनाको मृत्यु भएको छ। यो संगै १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ। आजसम्म बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो