फास्ट ट्र्याकको ठेक्का रद्द गर्ने निर्देशनप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौं। काठमाडौं–तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनप्रति प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्। आज निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संसदीय समिति हुँ भनेर काम रोक्ने आदेश दिइरहन नहुने जानकारी दिए। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार द्रूत मार्गको टनेल तथा पुल निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो।

लेखा समितिको नाम नलिई प्रधानमन्त्री ओलीले भने केही खर्बको आयोजना (ठेक्का) रोकेर फेरि गर्दा त्यसले पार्न असर र परिणाम हेनुपर्ने बताए। ‘रोक्ने आदेश त दिन्छौं, टनेल पुल नबनाउन भनेर आदेश त दिन्छौं। संसदीय समितिले आफूखुसी बोलाउने र अन्धाधुन्ध आदेशहरु दिने गरेको उनको आरोप छ । एकपछि अर्को समितिले बोलाउने र काम हुनुभन्दा पहिले नै आदेश दिने गरेको भन्दै उनले भने, ‘यो तरिकालाई हामीले आफ्ना क्षेत्रधिकार र आफ्नो कामको असर जस्ता पक्षलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।’

अन्य सम्बन्धित समाचार:  अनुशासन आयोगका प्रमुख बोहोराको ओलीलाई पत्रः सोमबारको बैठक तत्काल स्थगित गरौँ

एकपल्ट रोकिएपछि काम नहुने र आयोजनाको समयावधी लम्बिदै गएपछि मान्छेको विश्वास हराउँदै जाने प्रधानमन्त्रीको भनाइ छ। ‘व्यवधान हुनु भएन, विकास निर्माणको काम रोकियो भने बहुआयामकि क्षति र्पुयाउँछ’ उनले भने ।