राष्ट्रपति भण्डारी खनाल निवास डल्लुमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी एमालेका नेता झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी छिन्। राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन्।

त्यसक्रममा राष्ट्रपति भण्डारी नेता खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवासमा पनि पुगेकी हुन्। पूर्वप्रधानमन्त्री खनाल केही समय पहिले भारतमा उपचार गरेर स्वदेश फर्किएका थिए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै