अब छिट्टै नयाँ सरकार बन्दैछ: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको निर्णयसँगै अब छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन्। कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसले निर्णय गर्न ढिलाइ गर्दा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र समर्थन फिर्ता लिन समस्या भए पनि हिजो कांग्रेसले ओलीको राजीनामा माग्ने निर्णय गरेसँगै छिटै नयाँ सरकार बन्ने पक्का भएको बताए।

उनले आफूले नयाँ सरकारको लागि आजैदेखि बैठक र छलफल थालिहाल्ने पनि बताएका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीलाई साथ दिएका चारै एमाले सांसदलाई पदबाट हटाइँदै