ललितपुरमा स्रष्टा सम्मान तथा पुस्तक विमोचन

ललितपुर। ललितपुरमा गोदावरी साहित्य परिषद्ले स्रष्टा सम्मान गरेको छ। साहित्यको क्षेत्रमा लामो समयसम्म योगदान गरे बाफत गोदावरी भाषा साहित्य सम्मानबाट विष्णुप्रसाद न्यौपानेलाई मरणोपरान्त एघार हजार एक सय एक रुपैयाँ बराबरको धनराशीबाट सम्मान गरिएको हो।

यस्तै लामो समय कलाको तर्फबाट योगदान पुर्याए  बाफत कलाकार सुरेम देशारलाई ११ हजार एक सय ११ रुपैँयाले सम्मान गरिएको छ। कार्यक्रममा देवी नेपाललाई लामो समयदेखि भूमिका लेखनमा पुराएको योगदान स्वरुप १० हजार रुपैयाँले सम्मान गरिएको हो। कार्यक्रममा पुस्तक साजसज्जाको लागि भूषण कपाली समेत सम्मानित भएको थिए।

आजै कार्यक्रममा परिषदले प्रकाशन गरेको चार वटा पुस्तक समेत विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत उपाध्यायको बाहुलीबाट सर्जक वशिष्ठ अधिकारीको गजल संग्रह “मदानी”, सावित्री न्यौपानेको “उन्यूको फूल” मुक्तक संग्रह, रत्न विरही घिमिरेको “समयको रुमाल” छन्द कविता संग्रह विमोचन गरिएको हो। कार्यक्रममा गोदावरी साहित्य परिषद्को विभिन्न गतिविधि समेटिएको मुखपत्र “गोदावरी” समेत सार्वजनिक गरिएको छ। 

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!