काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८७ हजार ४०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ। त्यसैगरी यता चाँदीको मूल्य पनि स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ।