कांग्रेस र जसपासँग छलफलपछि मात्रै माओवादी स्थायी कमिटी बैठक बस्ने

काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटी बैठक नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) सँगको छलफलपछि मात्रै बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

अधिकांध स्थायी कमिटी सदस्यहरू जिल्ला बाहिर भएकाले स्थगित भएको माओवादी नेता गिरिराजमणी पोखरेलले जानकारी दिए। गत बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले कांग्रेस र जसपालाई सत्ता गठबन्धनका लागि तयार हुन आग्रह गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन्ः प्रचण्ड