कर्णालीमा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। कर्णाली प्रदेश नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। उक्त बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ। यता सरकारमा सहभागी एमालेका मन्त्री फिर्ता आएका छैनन्।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली