सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

कैलाली। सुदूरपश्चिम सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको जनाइएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए। राना थारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा खखडेहरा पर्व मनाउँछन्।