सुदूरपश्चिमलाई हराउँदै एपीएफको लगातार दोस्रो जित

काठमाडौं। ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो खेलमा विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै जित हात पारेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिममाथि ३७ रनले हराएको हो।

जारी प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले २ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेश १९ औं ओभरको समाप्तिमा ९० रनमा समेटियो।

एपीएफको जितमा ज्योति पाण्डेले अर्धशकीय पारी खेलिन्। उनले ५० बलमा ७ चौकाको सहायतामा ५९ रन जोडिन्। त्यस्तै सरिता मगर ३५ रनमा अभिजित रहँदा कप्तान सीता राना मगरले १६ रन जोडिन्। बलिङतर्फ सुदूरपश्चिमकी सुनिता लोहार र कविता जोशीले समान १र१ विकेट लिए।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्ससँग मलेसिया पराजित

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि सुनिता लोहारले सर्वाधिक २३ रन बनाउँदा डोली भट्टले १६ रन र रेवती धामीले १२ रन जोडे। सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन बिनु बुढाले सर्वाधिक ३ विकेट लिँदा सुमन विस्ट र सीता राना मगरले समान २र२ विकेट लिए। त्यस्तै रेखा रावल र सुस्मा श्रेष्ठले समान १र१ विकेट लिए। आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्स ११ लुम्बिनी प्रदेश भिड्ने छन्।