वैदेशिक रोजगारीमा गएका १७ जनाको शव नेपाल आइपुग्यो, कसरी आँसु थामिन्थ्यो र! : डा.भट्टराई

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल आइपुगेको छ। आज बिहान मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।

मृतक १७ जनामध्ये दुई जना युवा गोरखका थिए। गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव विमास्थल आइपुगेसँगै उनीहरूका आफन्तसहित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि शव बुझ्न पुगेका थिए। डा.भट्टराईले ट्वीट मार्फत मृतकका आफन्तको भाव विह्वल अवस्था देख्दा आफूले समेत आसु रोक्न नसकेको जनाए।

 

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह