४३ लाख नगदसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको प्रहरीको भनाइ छ। कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु